Byroad News

Loading...

आज देशभर ३१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि


आज देशभर ३१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि

काठमाडौं/१८ माघ
पछिल्लो २४ घण्टामा देशभर करिव ३१ प्रतिशत अर्थात थप ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  
सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण गरिएकोमा ३१.५८ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । अर्थात पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन् । 

यसैबीच पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ५७ हजार ५७० र एन्टीजेन विधिबाट भएको परीक्षणमा संक्रमितको कुल संख्या १ लाख ३० हजार ६८१ जना पुगेको छ । 

संक्रमितमध्ये हालसम्म ८ लाख ७१ हजार १६५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ९९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

Comments

KATHMANDU WEATHER