Byroad News

Loading...

थाहानगरको चालू बजेट १ अर्ब १० करोड


थाहानगरको चालू बजेट १ अर्ब १० करोड

थाहानगर/२८ पुस
थाहा नगरपालिकाको चालू आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब १० करोड ८७ लाख ३० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत भएको छ । 

आ.व. ०७८/०७९ को संसोधित बजेट योजना तथा कार्यक्रममा नगर उपप्रमुख खड्ग बहादुर गोपालीले सो बजेट प्रस्तुत गर्नु भएको हो । प्रस्तुत बजेटमध्ये सशर्त तर्फ ३२ करोड २९ लाख ६ हजार तथा आन्तरिक श्रोततर्फ २७ करोड ११ लाख ४७ हजार रुपैँया रहेको छ । राजश्व बाँटफाँटबाट १६ करोड ५३ लाख ४९ हजार बिनियोजन गरेको छ । 

वित्तीय समानिकरण अनुदानतर्फ १४ करोड ६० लाख २८ हजार रुपैँया र अन्य सरकारी अनुदान २ करोड, समपुरक अनुदान ४ करोड ६५ लाख, विशेष अनुदान १ करोड ६८ लाख, सामाजिक सुरक्षातर्फ १२ करोड गरि कुल चालुतर्फ ८ करोड ५७ लाख ४५ हजार, पुँजिगततर्फ ४९ करोड ४७ लाख ७९ हजार रुपैँया, विषयगत कार्यालयतर्फ प्राप्त ३२ करोड २९ लाख ६ हजार, समपुरक अनुदान ४ करोड ६५ लाख, विशेष अनुदान १ करोड ६८ लाख र अन्य अनुदान २ करोड गरि कुल १ अर्ब १० करोड ८७ लाख ३० हजार रुपैँयाको संसोधित खर्च अनुमान पेश गरिएको हो । 

आन्तरिक आयतर्फ ११ करोड ८८ लाख ४९ हजारबाट बढेर आगामी बर्ष २७ करोड ११ लाख ४७ हजार पुग्ने अनुमान गरिएको छ भने अन्य आयहरुमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त समानिकरण अनुदान १४ करोड ६० लाख २८ हजार, संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ३२ करोड २९ लाख ६ हजार, राजस्व बाँटफाँटबाट १६ करोड ५३ लाख ४९ हजार, समपुरक अनुदान संघ तथा प्रदेश सरकारबाट ४ करोड ६५ लाख, विशेष अनुदानबाट १ करोड ६८ लाख, सामाजिक सुरक्षाबाट १२ करोड तथा अन्य सरकारी निकायबाट २ करोड प्राप्त हुने अनुमानित बजेटमा उल्लेख छ । 

थाहा नगरका प्रमुख लवशेर बिष्टको अध्यक्षतामा सम्पन्न सभामा नेकपा एमाले नगर सचिवालय सदस्य प्रदिप प्रधान, नेकपा माओवादी केन्द्रका नेता अरुण रायमाझी, नेपाली काङ्ग्रेसका थाहा नगर सभापति प्रमोदकृष्ण जोशीलगायतले वजेट माथि टिप्पणी गर्नु भएको थियो । 

नगरसभाले नगरभित्र उत्कृष्ट कर्मचारीहरु सुचना अधिकारी सुरज कुमार भुजेल, स्वास्थ शाखा प्रमुख मेघराज बलामी, वडा सचिी पाल्साङ लामालाई जनही नगद १० हजारसहित सम्मान गरेको छ । 

Comments

KATHMANDU WEATHER