
एजेन्सी/२७ जेठ
बलिउड नायिका कंगना रनावतले काम नभएपछि आफूले करको आधा रकम पनि तिर्न नसकेको गुनासो गर्नु भएको छ । सामाजिक संजालमार्फत उहाँले पहिलो पटक आफ्नो जिन्दगीमा यस्तो परिस्थिती आएको बताउनु भएको हो ।
कंगनाले आफू बलिउडमा सर्वाधिक धेरै कर तिर्ने नायिका भएको दाबी गर्दै पहिलो पटक करको आधा हिस्सा रकम तिर्न पनि समस्या भएको बताउनु भएको हो ।
कंगनाले लेखेकी लेख्नु भएको छ ‘म सबैभन्दा बढी कर तिर्ने नायिका हुँ । मैले आफ्नो आम्दानीको ४५ प्रतिशत कर तिर्ने गरेकी छु । तर, काम नभएको कारण मैले गतबर्षको करको आधा रकम पनि तिर्न सकेकी छैन । जीवनमा पहिलो पटक मैले कर तिर्न ढिलाई गरेकी हुँ । व्यक्तिगत रुपमा हाम्रो लागि यो कठिन समय हुनसक्छ । तर, एकसाथ हुँदा हामी समय भन्दा पनि बलवान छौं ।’
नायिका कंगना रनावत पछिल्लो समय चलचित्रका कारण भन्दा पनि आफ्नो विवादित बयानका कारण बढी चर्चामा हुनुहुन्छ । नायक सुशान्त सिंह राजपुतको निधन भएपछि कंगनाका बयानले निरन्तर मिडियामा चर्चा पाइरहेको छ । उहाँले बलिउड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्नेहरुको विरुद्ध निरन्तर आक्रोश पोख्दै आउनु भएको थियो ।
-
3 weeks ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
1 month ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments