थाहानगर/२६ जेठ
शिक्षा क्षेत्रमा यसै वर्षदेखि मात्र कक्षा ११ सम्मको पठनपाठन सुरु भयो । सिङ्गो टिष्टुङ अर्थात थाहा नगरपालिकाको वडा ११ र १२ मा एउटा मात्र माद्यामिक तहको विद्यालय संचालनमा छ ।
अहिले बल्लबल्ल छोराछोरी दुवैलाई पठनपाठन गराउनु पर्छ भन्ने चेतनास्तर उठेको छ तर, झन्डै ५५ वर्ष अघिदेखि गाउँमा शैक्षिक चेतनाको दियो बाल्न निरन्तर लागिरहनु भएका एक शैक्षिक अभियन्ताको मङ्गलबार निधन भएको छ ।
करिव वि.स.२०२२/०२३ सालतिरबाट टिष्टुङकाे शिक्षाको विजाराेपन कार्यकाे शुरुवात गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएका मङ्गलबहादुर दोङको ७९ वर्षको उमेरमा भएको निधनले सिङ्गो टिष्टुङले दु:खको महसुस गरेका छन् ।
टिष्टुङको एकमात्र वागेश्वरी माध्यमिक विद्यालयकाे स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका दोङ वि.स.२०२९ सालदेखि २०४५ सालसम्म बागेश्वरी मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेर कृयाशील हुनु भएको थियो । उहाँको निधनले टिष्टुङको शैक्षिक क्षेत्रले एउटा असल अभिभावक गुमाउनु परेको भन्दै विद्यालयका प्रधानाध्यापक बीरमान लामाले दु:ख व्यक्त गर्नु भएको छ ।
-
3 days ago
विदेशमा अध्ययनका लागि छिटोछरितो गर्दै ग्लोवल
-
-
2 weeks ago
संविधान दिवशमा युवा संघले दीप प्रज्वलन गर्यो
Comments