काठमाडौं/२६ जेठ
प्रतिनिधिसभा विघटन मुद्दामा अन्तिम सुनुवाइका लागि आज (बुधबार) भएको संवेधानिक इजलासले 'एमीकस क्युरी' झिकाउन आदेश दिएको छ । संवैधानिक इजलासद्वारा एमीकस क्युरीका लागि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुई-दुई जना वरिष्ठ अधिवक्ताको नाम झिकाउन आदेश दिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, इश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले एमीकस क्युरी झिकाउने आदेश गरेको हो ।
प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दाको अन्तिम सुनुवाइ असार ९ गतेदेखि निरन्तर गर्नेगरी आदेश भएको छ । सुनुवाइका क्रममा रिट निवेदक, विपक्षी र एमीकस क्युरीका लागि समय पनि आदेशसँगै तय गरिएको छ ।
Featured News
-
3 days ago
विदेशमा अध्ययनका लागि छिटोछरितो गर्दै ग्लोवल
-
-
2 weeks ago
संविधान दिवशमा युवा संघले दीप प्रज्वलन गर्यो
Comments