Byroad News

Loading...

हेटौंडामा केहि समय ढिला भएपनि कोरोना विरुद्धको खोप लगाउन सुरु 


हेटौंडामा केहि समय ढिला भएपनि कोरोना विरुद्धको खोप लगाउन सुरु 

हेटौंडा/२६ जेठ
हेटौंडा उपमहानगरपालिकाले केहि समय ढिला गरेर भएपनि आजबाटै कोरोना भाइरस विरुद्ध भेरोसेल खोप लगाउने कार्यक्रम सुरु गरेको छ ।
हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार आज प्राविधिक कारणले खोप लगाउने कार्यक्रम ढिला सुरु भएको बताउनु भयो । विहान अकस्मात मेयर हरिबोल महतले आजलाई खोप लगाउने कार्यक्रम स्थन गर्न निर्देशन दिनु भएको थियो । ।

केहि समय अघिबाट हेटौंडा उपमहानगरपालिकाको वडा नंबर १, २, ३, ४, ७, ८, १० र ११ मा खोप लगाउने कार्यक्रम सुरु भईसकेको निरीक्षक चौलागाईको भनाई छ । आज र भोलि नगर भित्रका ६२ वर्ष देखि ६४ वर्षसम्म उमेर समूहकालाई खोप लागउने कार्यक्रम छ ।

चीनबाट आएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप स्वास्थ्य मन्त्रालयबाट मकवानपुरको लागि ६ हजार ५ सय आएको छ जसमा हेटौंडाको लागि २७ सय डोज पठाईएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

त्यसैगरि थाहा नगरपालिकालाई ६ सय ८५ डोज, मनहरी गाउँपालिकालाई ५ सय ३९, बकैया गाउँपालिकालाई ४ सय ८६ डोज, बामगती गाउँपालिकालाई ४ सय ३४ डोज, मकवानपुगढी गाउँपालिकालाई ३ सय ९३ डोज, भीमफेदी गाउँपालिकालाई ३ सय ९३ डोज, कैलाश गाउँपालिकालाई ३ सय ७८ डोज, राक्सिराङ गाउँपालिकालाई २ सय डोज, इन्द्रसरोबर गाउँपालिकालाई १ सय ९२ डोज खोप पठाईएको कार्यलयले जनाएको छ ।

मकवानपुरमा हाल घरमा १ हजार ७ सय ९८ जना र १ सय ८ जना आइसोलेसनमा गरी १ हजार ९ सय ६ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । मकवानपुरमा हालसम्म ९ हजार ४ सय ९६ जनामा कोरोना पुष्टि हुँदा ७ हजार ४ सय ७० जना संक्रमण मुक्त भइसकेका छन् । जिल्लामा कोरोनाको कारण हालसम्म १ सय ८ जनाको मृत्यु भएको छ ।

Comments