थाहानगर/२६ जेठ
नेपाल सरकारको कोभिड-१९ विरुद्धको खोप अभियान अन्तर्गत थाहानगरका वृद्धहरुलाई आज र भोलि भेरो सेल खोप लगाइदैछ ।
यो आज र भोलि हुने अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका वृद्धहरुलाई पहिलो डोजको खोप लगाइने थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताउनु भयो ।
आज विहान १० बजेदेखि ४ बजेसम्म प्राथमिक स्वास्थ्य केन्द्र पालुङ, स्वास्थ्य चौकीहरु बज्रबाराही, टिष्टुङ र चित्लाङ स्वास्थ्य चौकीमा खोप लगाइने छ । यसैगरी, भोलि विहान १० बजेदेखि ४ बजेसम्म प्राथमिक स्वास्थ्य केन्द्र पालुङ, स्वास्थ्य चौकी आग्रा र देउखेल शहरी स्वास्थ्य केन्द्रमा लगाइने जनाइएको छ ।
यसअघि थाहानगरका १ सय ४४ जनाले दोस्रो डोज र १६ सय जनाले पहिलो डोजको खोप लगाइसकेका छन् ।
Featured News
-
3 days ago
विदेशमा अध्ययनका लागि छिटोछरितो गर्दै ग्लोवल
-
-
2 weeks ago
संविधान दिवशमा युवा संघले दीप प्रज्वलन गर्यो
Comments