बीरगंज/२२ जेठ
देशभरी निषेधाज्ञा रहेको बेला बीरगंज महानगरपालिकाले असार १ गतेदेखि बिद्यालय खोल्न दिएको निर्देशनप्रति अभिभावक संघ नेपाल, पर्सा जिल्ला कमिटीले अपत्ति जनाएको छ ।
शनिबार नै संघले विज्ञप्ति जारी गरि महानगरपालिकाको निर्णय प्रति बिरोध गरेको हो । संघका अध्यक्ष अमर गौतमद्वारा जारी विज्ञप्तिमा "अहिले पर्साका धेरै अभिभावकहरु स्वयं कोभिड संक्रमित छन् र कतिपय विद्यार्थी पनि संक्रमित रहेको अवस्थामा सरोकारवालाहरुसङ्ग छलफल नै नगरी यसरी यस्तो विषम परिस्थितिमा जवर्जस्ति विद्यालय खुलाउने प्रयास नगरिदिन हुन सम्बन्धित निकायसङ्ग आग्रह छ ।"
विज्ञप्तिमा असार १५ गतेपछि मात्र स्थिति हेरेर खोल्ने प्रयास गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । "बिना पुर्व तयारी र अभिभकहरुसङ्ग कुनै छलफल नै नगरी विद्यालयहरु खोलिन्छ र त्यसबाट शिक्षक तथा बिद्यार्थी कसैको जिउ ज्यान तल माथी परेमा बिद्यालय खुलाउने पक्ष जिम्मेवार रहने छ ।" विज्ञप्तिमा उल्लेख छ ।
उता, बीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले शुक्रबार ९२९५ नम्बरको चलानी नम्बरबाट सबै बिद्यालयहरुलाई असार १ गतेदेखि भौतिकरुपमा नै विद्यालय खोल्न पत्राचार गरेको थियो । शैक्षिक महाशाखा प्रमुख अरबिन्द लाल कर्णले २० जेठको नगर शिक्षा समितिको निर्णयलाई उदृत गर्दै असार १ गतेबाट कक्षा ८ देखि १२ सम्मको पठनपाठन भौतिक रुपमै सुरु गर्न निर्देशन दिएको थियो ।
पत्रमा अभिभावकहरुसङ्ग लिखित सहमती लिएर स्वास्थ्यका सबै मापदण्ड पूर्णरुपमा पालना गर्न अनिवार्य रहेको उल्लेख छ ।
-
1 day ago
युवा संघ थाहा नगर संयोजकमा थोकर
-
6 days ago
वार्षिक कार्ययोजना पास गर्यो थाहा एमालेले
-
1 week ago
डबल ब्याडमिन्टनको उपाधी नरेन्द्र र देवलाई
Comments