थाहानगर/२२ जेठ
थाहानगरमा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार १७ जनाको एन्टिजेन परिक्षण गरिएको थियो ।
हालसम्म थाहा १ मा ८३ जना संक्रमित भएकामध्ये १७ जना निको भई ६६ जना अझै संक्रमण मुक्त हुन बाकी छ । यसैगरी थाहा २ मा ६० जना संक्रमितमध्ये ५ निको, ३ मा १ सय ११ संक्रमितमध्ये २० निको २ मृत्यु, ४ मा ४९ संक्रमितमध्ये ४ निको २ मृत्यु, ५ मा १७ संक्रमितमध्ये १ निको १ मृत्यु र ६ मा १ सय ५ संक्रमितमध्ये १७ निको १ मृत्यु भएका छन् ।
यसैगरी, थाहा ७ मा ५५ जना ८ मा ६५ जना संक्रमित छन् । ९ मा १३ संक्रमितमध्ये १ निको, १० मा ९ संक्रमितमध्ये २ निको, ११ मा ३१ संक्रमितमध्ये २ निको र १२ मा ११ जना संक्रमित छन् ।
सक्रिय संक्रमितमध्ये ८ जना बज्रबाराही आइसोलेसनमा छन् भने २२ जनाको नगरबाहिर उपचार भइरहेको छ । अन्य ५ सय ७ जना होम आइसोलेसनमा छन् ।
होम आइसोलेसनमा रहेका बिरामीहरुको जनप्रतिनिधिहरुले घरघरमै पुगि अवस्था बुझेर केही स्वास्थ्य सामग्रीहरु समेत वितरण गरिदै आएको छ ।
-
1 day ago
युवा संघ थाहा नगर संयोजकमा थोकर
-
6 days ago
वार्षिक कार्ययोजना पास गर्यो थाहा एमालेले
-
1 week ago
डबल ब्याडमिन्टनको उपाधी नरेन्द्र र देवलाई
Comments