काठमाडौं/२२ जेठ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपियाँ बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।
मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय २५, डिजेल तथा मट्टितेलको १ सय८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपियाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ २ गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो ।
भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुनेगरी बढेको भाउ कायम हुने र उक्त मूल्य समायोजनपछि पनि निगमलाई घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताउनु भयो ।
मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा ५ रुपियाँ ३२ पैसा, डिजेल तथा मट्टितेलमा ३ रुपियाँ १७ पैसा र खाना पकाउने ग्यासमा २ सय ५८ रुपियाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको उहाँको भनाइ छ । निषेधाज्ञामा सवारी साधन कम चलेको बेलामा समेत अबको १५ दिनमा निगमलाई कम्तिमा ५९ करोड २८ लाख रुपियाँ घाटाको प्रक्षेपण गरिएको उपाध्यायले बताउनु भयो ।
-
1 day ago
युवा संघ थाहा नगर संयोजकमा थोकर
-
6 days ago
वार्षिक कार्ययोजना पास गर्यो थाहा एमालेले
-
1 week ago
डबल ब्याडमिन्टनको उपाधी नरेन्द्र र देवलाई
Comments