Byroad News

Loading...

दिल्लीमा कोरोना संक्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै


दिल्लीमा कोरोना संक्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

नयाँ दिल्ली/दिल्लीमा पछिल्लो साता कोरोना सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारी तथ्याङ्क आए सङ्गै    लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । दिल्लीमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९ सङ्क्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई खुकुलो पार्ने तयारी गरिएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्ली सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई सञ्चालनका लागि अनुमति दिन सक्दछ किनकि कोभिड–१९ को अवस्थामा बिस्तारै सुधार हुँदै गएको देखिएको छ ।

सरकारले गत हप्ता उत्पादन तथा निर्माण क्षेत्रको प्रतिबन्धलाई अन्त्य गर्दै स्वास्थ्य सावधानीका साथ नियमित काममा फर्कन अनुमति दिएको थियो । दिल्लीमा दोस्रो लहरको सङ्क्रमण अत्यधिक बढेको भन्दै सरकारले यसै बर्षको अप्रिल १९ देखि लकडाउन आदेश जारी गरेको थियो ।

Comments

KATHMANDU WEATHER