Byroad News

Loading...

तरकारी निर्यात गर्न सहकारीको आफ्नै गाडी


तरकारी निर्यात गर्न सहकारीको आफ्नै गाडी
  • सुवाष खुलाल क्षेत्री/बज्रबाराही/२२ जेठ 

थाहानगरपालिका ६ बज्रबाराहीस्थित साना किसान कृषि सहकारी संस्थाले स्थानीय स्तरमा उत्पादन हुने तरकारी तथा फलफूलको निर्यातका लागि आफ्नै गाडी खरिद गरेको छ ।

संस्थाले स्थानीय कृषकहरुसङ्ग तरकारी खरिद गरि अन्यत्रका संस्थाहरुलाई विक्री गर्दै आएको छ । थाहाको पालुङ, दामन, बज्रबाराही, चित्लाङलगायतका क्षेत्रमा आलुलगायत अन्य तरकारीहरु प्रशस्तै उत्पादन हुने गरेको छ । संस्थाले यहाँ उत्पादित तरकारी खरिद गरि चितवन, बुटवललगायतका अन्य साना किसान कृषि सहकारी संस्थाहरुलाई विक्री गर्दै आएको छ । तिनै तरकारी निर्यात गर्न र ढुवानीमा खर्च घटाउन आफ्नै गाडी खरिद गरिएको संस्थाका अध्यक्ष महेश्वर सुबेदीले जानकारी दिनुभयो  ।   

संस्थाले शनिबार आफ्नै प्राङ्गणमा नयाँ गाडी पुजा गरेर शुभारम्भ गरेको हो । खरिद गरिएको तरकारी ढुवानीमा सहज हुने अपेक्षासहित आफ्नै स्वामित्वमा गाडी खरिद गरिएको व्यवस्थापक ध्रुव बिडारीले बताउनु भयो । संस्थाले करिब २८ लाख मूल्यको टाटा कम्पनीको खरिद गरेको हो। यसअघि भाडाको गाडीमा तरकारी निर्यात गर्दै आएको थियो । 

Comments

KATHMANDU WEATHER