Byroad News

Loading...

असार १ देखि बिद्यालय खोल्न परिपत्र (पत्रसहित)


असार १ देखि बिद्यालय खोल्न परिपत्र (पत्रसहित)

बीरगन्ज/२२ जेठ 
कोरोना भाइरसको तेस्रो भेरियन्टले बालबालिकामा बढी असर पुर्याउने विज्ञहरुले चिन्ता व्यक्त गरिरहदा बीरगन्जमा भने आउदो असार १ गतेदेखि बिद्यालय खोल्न परिपत्र जारी गरेको छ ।
बीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले शुक्रबार ९२९५ नम्बरको चलानी नम्बरबाट सबै बिद्यालयहरुलाई निर्देशनात्मक पत्र काटेको हो । शैक्षिक महाशाखा प्रमुख अरबिन्द लाल कर्णले २० जेठको नगर शिक्षा समितिको निर्णयलाई उदृत गर्दै शैक्षिक सत्र २०७८ को लागि असार १ गतेदेखि बिद्यालय खोल्न निर्देशन दिएका हुन् । पत्रमा कोभिड १९ का कारण लामो समयदेखि बिद्यालय बन्द रहदा विद्यार्थीको शैक्षिक भविष्य अन्यौल हुँदै गएको जनाउदै असार १ गतेबाट कक्षा ८ देखि १२ सम्मको पठनपाठन भौतिक रुपमै सुरु गर्न निर्देशन दिएको छ । 
पत्रमा अभिभावकहरुसङ्ग लिखित सहमती लिएर स्वास्थ्यका सबै मापदण्ड पूर्णरुपमा पालना गर्न अनिवार्य रहेको उल्लेख छ । यसैगरी, अर्को सूचना नभएसम्म यातायात भने संचालन नगर्न भनिएको छ । पत्रको ३ नम्बर बुँदामा भने शिक्षण गतिबिधिको बैकल्पिक विधि बिद्यालय अभिभावकबीच सहमती गरेर गर्न सकिने उल्लेख छ । निर्देशनमा असार १ गतेदेखि ७ गतेसम्म बिद्यार्थी भर्नालगायत व्यवस्थापकीय कार्य गर्न, असार ८ गतेदेखि १५ गतेसम्म भर्ना सप्ताह अन्तर्गत घर दैलो कार्यक्रम गर्न र असार १५ पछि नियमित रुपले पठनपाठन सुचारु गर्न निर्देशन दिइएको छ । पत्रमा विषम परिस्थिति देखिएमा तुरुन्त शैक्षिक महाशाखामा जानकारी गराउन र दिइएको निर्देशन पालना गर्न भनिएको छ ।
बीरगन्जमा पछिल्लो समय कालो ढुसी (ब्ल्याक फङ्गस) का विरामी समेत भेटिन थालेका छन् ।

Comments

KATHMANDU WEATHER