Byroad News

Loading...

कोभिशिल्ड खोपको दोस्रो डोज ढिला हुँदा आत्तिनु नपर्ने


कोभिशिल्ड खोपको दोस्रो डोज ढिला हुँदा आत्तिनु नपर्ने

थाहानगर/२२ जेठ 
देशभर करीब १३ लाख नागरिक कोरोनाविरुद्धको दोस्रो खोप लगाउने पर्खाइमा छन् । यो सङ्गै थाहा नगरमा १६ जना दोस्रो डिजको पर्खाइमा छन् । १ हजार ७ सय पहिलो ४४ जनाले पहिलो डोज लगाएकोमा १ सय ४४ जनाले मात्र दोस्रो डोज पनि लगाउन पाएका छन् ।

नेपाल सरकारले खरीद सम्झौता अनुसारको १० लाख डोज खोप भारतले समयमै उपलब्ध नगराइदिँदा दोस्रो डोज खोप कार्यक्रम प्रभावित भएको सरकारी अधिकारीहरू बताउनु हुन्छ । दोस्रो डोज लगाउन नपाउदा पहिलो डोज लगाएका नागरिकमा एकखालको मानसिक चिन्ता बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो खोप लगाउने पर्खाइमा देशभर १३ लाखभन्दा बढी नागरिक छन् ।

खोपको दोस्रो मात्रा लगाउने समय घर्किए पनि आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको स्वास्थ्य अधिकारी एवं विज्ञहरूको भनाइ छ । तर खोप लगाउन घर्किएको समयावधिभित्र जनस्वास्थ्यका मापदण्ड भने अनिवार्य पालना गर्न उनीहरूले सुझाएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ८ देखि १२ हप्ताभित्र खोपको दोस्रो मात्रा लगाउन भने पनि केही समय ढिला हुँदैमा डराइहाल्नुपर्ने अवस्था नरहेको सरकारद्वारा गठित खोप विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेती बताउनु हुन्छ ।

१२ हप्तापछि खोपले दिने प्रतिरोधी क्षमता घट्दै जाँदा संक्रमण हुने सम्भावना रहेकोले सजगता भने अपनाउनुपर्ने उहाँको सुझाव छ । खोप दिन ढिलाइ हुँदा एन्टिबडी घटेर जाने र दोस्रो डोज लगाएपछी फेरि निरन्तरता पाउने विज्ञहरुको भनाई छ । १२ हप्ता, १६ हप्ता अथवा १८ हप्तापछि जहिले दिए पनि हुने भएको हुँदा दोस्रो डोज लगाउन ढिला भए पनि पहिलो डोज दोहोर्याउन नपर्ने बताउछन् 

Comments

KATHMANDU WEATHER