थाहानगर/२२ जेठ
आज शनिबार थाहानगरलगायत उत्तरी मकवानपुरमा दिनभरि विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पालुङका अनुसार मर्मत कार्यका कारण दिनैभरि विद्युत् आपूर्ति बन्द हुने भएको हो ।
केहि दिनदेखिको वर्षा तथा हावाहुरीले विभिन्न स्थानमा पोलहरु ढलेका थिए । जुरीखेत देउराली र कलंकी – मार्खु खण्डमा पहिरो तथा हुरीले कतिपय पोलहरु ढल्किएका छन् भने केही ठाउँमा पोलहरु ढलेका छन् ।
यसैगरि, हावाहुरीका कारण केहि स्थानहरुका तार झुलिएका कारण विद्युत् अवरुद्ध हुँदै आएकोले आज मर्मतका लागि विहान १० बजेदेखि ५ बजेसम्म विद्युत् लाइन काटेर मर्मत गरिन लागेको हो । १ सय ३० किलो मिटर जङ्गलको क्षेत्रमा ११ केभी लाइन रहेको हुँदा आजै रुखका हाङ्गाबिङ्गा समेत काट्ने कार्यक्रम छ ।
यसैगरि, आजै इन्द्रसरोवरको कलंकीदेखि सिस्नेरी हुँदै ईपा र कलंकी फाखेल – चखेल – हुमाने खण्डमा पनि मर्मत सुधार गरिने हुँदा त्यस भेगमा समेत विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । मर्मत कार्यका कारण सो दिन पालुङ वितरण केन्द्रअन्तर्गत ईन्द्रसरोवर गाँउपालिका , थाहा नगरपालिका , कैलाश गाँउपालिका र भिमफेदी गाँउपालिकाको ८ र ९ नं . वडाहरुमा विद्युत अवरुद्ध हुनेछ ।
-
1 day ago
युवा संघ थाहा नगर संयोजकमा थोकर
-
6 days ago
वार्षिक कार्ययोजना पास गर्यो थाहा एमालेले
-
1 week ago
डबल ब्याडमिन्टनको उपाधी नरेन्द्र र देवलाई
Comments