Byroad News

Loading...

अबको १० बर्षपछि शास्त्रीय संगीत सिकाउने गुरुहरु भेटाउन मुस्किल हुन्छ


अबको १० बर्षपछि शास्त्रीय संगीत सिकाउने गुरुहरु भेटाउन मुस्किल हुन्छ

प्रतिक गोपाली, थाहा नगरपालिका १ कुन्छालमा जन्मनु भै श्री बज्रबाराही मा बि बाट एसएलसी उत्तीर्ण गरी, काठमार्डाैंबाट मानबिकी संकाय, पत्रकारिता तथा आमसञ्चारमा एम ए र संगीतमा प्रभाकर (एम.ए.बराबरको मान्यता)  अध्ययन पूरा गरिसक्नु भएको छ । साथै हाल गुरु कैलाश राईसंग थप संगित मै व्यस्त हुनुहुन्छ । उहाँले संगीत क्षेत्रमा सङ्गीत प्रभाकरसम्म अध्ययन गर्नु भएको छ । उहाँ हाल काठमाडौंस्थित नव प्रभात बोडिङ स्कुल, थसिखेल, ज्ञान कुञ्ज स्कुल कलंकी, अस्मिता स्कुल भैसेपाटी, बाल बिनोद स्कुल पुल्चोकलगायतका विद्यालयहरुमा  अनि म्युजिक एकेडेमी, सुम्निमा कल्चर एकेडेमीमा संगीत प्रशिक्षक/शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । अहिले कोरोना महामारीले निषेधाज्ञा छ सबै बिद्यालयहरु बन्द छन् । यो बन्दमा उहाँ घर मै हुनुहुन्छ, यो अवसरमा शिक्षा र संगीतको सम्बन्ध र यसको भविष्यका विषयमा बाइरोड सम्पादक सुरेन्द्रमान प्रधानले प्रतिक गोपालीसंग गर्नु भएको कुराकानी जस्ताको तस्तै:
कसरी संगीत शिक्षक बन्नु भयो ?

  • संगीत शिक्षक बन्छु भनेर त पहिला सोचेको होइन तर बाध्यता र संगीतको गहिराई बुझ्न र आफुले  जानेको बुझेको ज्ञानलाई बाढ्दा आनन्द आउने रैहेछ र संगीत शिक्षक बन्न पुगे। संगीत सिक्दै जादा ,संगीत नै पढेर जागिर खान लाई नेपालमा गाह्रो भएको र सिकेको कुरा खेर नजाओस् र अभ्यास भै रहने सोचले नै नव प्रभात स्कुलबाट २०७३ फाल्गुनबाट संगीत सिकाउन थानेको हुँ ।

स्कुल जीवनमा संगीत शिक्षक बन्छु भन्ने सपना थियो?

  • स्कुल जीवनमा संगीत सिक्छु भनेर चाहिँ सोचेको थिएँ तर शिक्षक नै बन्छु भन्ने लागेको थिएन । स्कुल पढ्दा गायक बन्छु भन्ने सोच चै बनाएको थिएँ तर पछि संगीत सक्दै जाँदा यसको गहिराइले तान्दै लगेपछि अध्ययन नै ठूलो कुरा लाग्यो ।

घरमा अभिभावकले के सपना बुन्नु भएको थियो होला, तर आज के भन्नु हुन्छ ?

  • घरमा बा ले पढेर इन्जिनियर बन्नु पर्छ भन्नू हुन्थ्यो । काठमाडौंमा इन्जिनियर पढ्छु भनेरै सोचेको थिएँ तर सोच परिवर्तन भयो र संगीत र पत्रकारिता सङ्गै पढ्न थालेँ ।

संगीत क्षेत्र त्यसमा पनि शिक्षण पेसा रोज्नु भयो, के अबको बाँकी जीवन पनि यहि क्षेत्रमा बिताउनु हुन्छ ?

  • सोच त संगीत शिक्षण नै गर्न सकियो भने राम्रो जस्तो लागेको छ । किन भने अबको १० बर्ष पछि शास्त्रीय संगीत सिकाउने गुरुहरु भेटाउन मुस्किल हुन्छ जस्तो लाग्छ । आजको समय मान्छेहरु क्षणिक सिकाइ र छिटो प्रगती खोज्छन् ,गायक, मोडल बन्न खोज्छन् । संगीतको गहिराइ बुझ्न कम समयमा धेरै गाह्रो छ, म पनि अझै सिक्दैछु ।

सहरका बालबालिकाहरुको संगीतमा कस्तो रुचि पाउनु भएको छ ?

  • शहर, बजारमा प्राय: हरेक घर घरमा अहिले गितार बजाउने, गित गाउने, मादल बजाउने अरु विभिन्न बाजा सिक्ने बजाउने गाउने धेरै बढेको देख्छु । मैले स्कुल मै यो बाजा यस्तो यस्तो किन्नु पर्छ सिक्नका लागि भन्दा अभिभावकहरु पनि आफ्ना नानी बाबुलाई संगीतको सामाग्रीहरु किनिदिएको पाइन्छ।

स्कुलमा बालबालिकाहरुलाई संगीतका कुन विधा सिकाउन सजिलो छ ?

  • संगीतको जरा भनेकै शास्त्रीय संगीत हो । तर स्कुलमा शास्त्रीय संगीतको लागि त्यस्तो वातावरण हुँदैन त्यसैले स्कुलमा आधुनिक गित, पप गित, बाल गित, रास्ट्रिय गितहरु सिकाउँछु । शास्त्रीय संगीत सिक्न चाहनेको लागि संगीत एकेडेमीमा बोलाउँछु ।

नेपाली संगीतमा भविष्य कस्तो देख्नु हुन्छ ?

  • संगीतमा भबिष्य ठ्याक्कै नभएको भन्न मिल्दैन, आजकाल संगीतको माग धेरै छ नेपालमा ठूला ठूला रियालिटी कार्यक्रमहरु आयोजना भएक छन्, समुहगत ब्याण्ड बनाएर अगाडि बढ्न सकिन्छ, आजकल प्रचारको जमाना भएको कारण हरेक नगरीमा कार्यक्रमहरुहुँदा खेरी त राम्रै भबिष्य देख्छु ।

संगीत शिक्षक बाहेक अरु रुचि ?

  • नयाँ पुस्तक अध्ययन गर्न, नयाँ ठाँउ घुम्न, घुमिसकेका ठाँउमा अझै घुम्न मन लाग्छ ।

अहिले बन्दाबन्दीमा रहेका विद्यार्थीहरुलाई केही सन्देश दिनु हुन्छ ?

  • अहिले कोरोनाका कारण सबै स्कुलहरु बन्द छ यसैले घर मै बसेर सृजनशिल हुन सकिन्छ, विभिन्न पुस्तक पढ्न सकिन्छ, संगीत एउटा मेडिटेसन पनि भएको कारण संगीत सिक्न गाउन बजाउन सकिन्छ अहिलेको जमाना सजिलो छ युट्युव छ नेटको जमाना छ आफुलाई इच्छा लागेको विषय घरैमा बसेर बुझ्न पढ्न सकिन्छ, साहित्य सृजना, कथा कबवता लेख्न सकिन्छ, कोरोनाबाट बच्न सबै सचेत भएर आफ्नो कृयाकलाप गर्नु पर्छ भन्न चाहन्छु ।

Comments

KATHMANDU WEATHER